चौतर्फी दबाब र समाचारको प्रभावले अन्तत: मालिका मावि ब्याक भयो बोडिङ किन्ने निर्णय बाट



भदौ १५ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ स्थित् मालिका माद्यामिक विद्यालयले निजि विद्यालय खरिद गर्ने निर्णय बाट पछि हटेको छ । चौतर्फीक दबाब र समाचारको प्रभाव पछि गैरकानुनी रुपमा खरीद गर्न थालीएको स्थानीय शिविल इङलिस बोडिङ स्कुल खरिद गर्ने निर्णय बाट पछि सरेको हो ।

गएको माघ २० गते विद्यालय व्यवस्थापन समिति र बोडिङका पदाधीकारी बिच १ करोड १० लाखमा जग्गा सहित भवन किन्ने सहमती भएको थियो  । तर यसको सर्वत्र विरोध जिल्ला प्रशासन कार्यालय गुल्मी र शिक्षा समन्वय ईकाई गुल्मीको नजर परे पछि उक्त निर्णय रद्द गरिएको हो ।

 

आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले माघ २० गते गरेको निर्णय उल्टाउने सहमती गरेको स्थानीय खड्क नेपालीले बताए । मालिका माध्यमीक विद्यालयमा कृषी क्षेत्र अन्तर्गत बाली विज्ञान विषयको अध्यापन सुरु भए संगै विद्यालयलाई जग्गा आवश्यक परेको अवस्थामा त्याहाँका केही टाठाबाठाले चर्कोको मुल्यमा बोडिङ किन्ने विषयलाई जोड दिदै बोडिङ  किन्ने निर्णय गरेका थिए ।
मालिका माविले केहि समय पछि विद्यालयको आवश्यकता अनुसार उपयुक्त जग्गा खारिद गर्ने बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता