स्थानीय सरकारको साथ पाउँदा किसानले आफ्नो जीवन शैलीनै फेरे !



फागुन -३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका-६ फुलबारीका किसानको हिजो आज दैनिकी फेरिएको छ । परम्पराग रुपमा पशुपालन गरि पुख्र्यौली शैलीमा जिबन चलाउदै आएका उनिहरु आजभोली व्यवसायिक किसान बन्दै जान थालेका छन् । मालिका गाउँपालिका -६ अर्जेका जुद्ध खत्रीको पेसानै कृषी हो । रातदिन पसिना बगाउदाँ पनि घरखर्च चलाउन उहाँलाई धौ- धौ प्रथ्र्यो तर आजभोली उहाँ व्यवसायिक किसान बनेर राम्रो आम्दानी गर्नु भएको छ भने मासिक केही रकम भएपनि बचत गर्न सफल हुनु भएको छ ।
स्थानीय सरकारले उन्नत जातका भैंसी पाल्ने किसानलाई पचास प्रतिशत अनुदान दिने नीति अनुसार उहाँले एक लाख दश हजार स्थानीय सरकारको सहयोगमा दुई वटा उन्नन जातका भैंसी खरिद गर्नु भयो जसका कारण उहाँको दैनिकी संगै जीवन शैलीनै  फेरिएको हो ।
सिजनमा दैनिक १५ लिटर र अहिलेको दैनिक ८ लिटर दुध उहाँले ब्रिकी गर्नु हुन्छ । जसबाट सजिलै घरखर्च चल्ने र गाउँघरका काठे भैंसी भन्दा उन्नत जातका मुर्रा भैंसी बाट राम्रो आम्दानी हुने खत्री बताउनु हुन्छ ।
स्थानीय सरकारले थप सहयोग गरे पाँच वटा सम्म उन्नत जातका भैंसी पाल्ने उहाँको योजना रहेको छ ।
उहाँ जस्तै मालिका गाउँपालिका -६ अर्जे र ४ अर्खबाङका गरी ३४ जना किसानको अहिले व्यवासायिक किसान बनेका छन् ।
पचास प्रतिशत नगद अनुदानमा उन्नत जातको भैंसी खरिद गरेर ल्याउन पाँउदा किसान पनि खुसी भएका छन् । स्थानीय भैंसीले भन्दा धेरै दुध दिने र राम्रो कमाई हुने अर्का किसान खिम बहादुर अर्याल बताउनु हुन्छ । अर्यालले भन्नु भयो “उन्नत जातका भैंसी बाट राम्रो आम्दानी हुने गरेको छ ,केही महँगो भएपनि छ महिनामै दानापानीको रकम कटाएर पनि  भैंसी किनेको रकम उठाउन सकिन्छ” ।

किसानको सन्तृष्टी तथा आर्य आर्जनको निम्ती भैंसी प्रर्वद्धन कार्यक्रम मार्फत किसान स्यंमय आफैलाई उन्नत जातका पशु खरिद गर्न दिईएको मालिका गाउँपालिकले जनाएको छ । मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ अर्जेका वडा अध्यक्ष शोभाखर गिरीले भन्नु भयो “हामीले किनेर दिईएको भैंसी किसाले मनपराउनु हुने थिएन ” ।, उहाँले हाँस्दै थप्नु भयो “जती धेरै दुध दिएपनि भैंसीको कान छोटो, पुच्छर लामो, टाउको हल्लाउने दुध पातलो दिने जस्ता गुनासा किसानले गर्नु हुन्थ्यो त्यस बाट सचेत हुदैं हामीले किसानलाई ५५ हजार सम्म अनुदान दिएर आफैं खरिद गर्ने लगायौं । जसबाट उहाँहरु पनि खुसी हुनु हुन्छ हामी पनि खुसि छौं ” ।

दुधको बजारीकरणको लागी समेत गाउँपालिकाले वडा नम्वर ६ अर्जैमा दुई वटा डेरी सञ्चालन गरेको छ । राती पोखरीमा रहेको दुग्द्य डेरीमा बिहानमा मात्रै करिब तीस लिटर र फुलबारीको डेरीमा बिहान साझाको गरी एक सय २० लिटर दुध संकलन हुने किसानले बताए । त्यस्तै अर्खबाङमा पनि दैनिक करिब ३० लिटर दुध संकलन हुने बताईएको छ ।
भैंसी प्रर्वद्धन कार्यक्रम अन्र्तगत गाउँपालिकाले अघिल्लो आर्थीक वर्षमा १७ लाख रकम विनियोजन गरेको थियो । जसबाट ३४ जना किसान लाभान्वीत भएका छन् भने स्थानीय तहपनि दुधमा आत्मनीर्भर बन्दै जान थालेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता