महासचिव विप्लवद्वारा पार्टीका नेता–कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन !



असार २ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चंन्द विप्लवले पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिएका छन् ।
विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गदै विपतको घडीमा पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठन, नेतृत्व नेता–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रुपमा लागि पर्न विशेष निर्देशन दिएका हुन। साथै महासचिव विप्लवले आपतमा परेकाहरूको यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा आग्रह समेत गरेका छन् ।
त्यस्तै विज्ञप्ति मार्फत प्राकृतिक विपत्तिका कारण देशव्यापी रुपमा बाढीपहिरो र डुबानबाट ज्यान गुमाएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनमा  समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
‘हालै अत्याधिक वर्षाका कारण देशव्यापी रुपमा बाढीपहिरो र डुबानले निकै जनधनको क्षति भइरहेको छ । मौसम पूर्वानुमान सम्बन्धी विभिन्न निकाय र विज्ञहरूले अग्रिम जानकारी गराएको अवस्थामा समेत सरकारको तर्फबाट समयमै आवश्यक पहल । पुर्व तयारीमा भएको चरम बेवास्ता र लापरबाहीका कारण पनि यो स्थिति भोग्नुपरेको हो । अझैँ पनि राज्य र सम्बन्धीत निकाय यस विषयमा तत्काल गम्भरि भई तदारुकता पूर्वक नलाग्ने हो भने थप भयावह स्थिति बेहोर्नुपर्ने हुनसक्छ ।’ महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता