मालिका गाउँपालिकाको प्रवक्तामा ज्ञान कुमार बुढा



सन्तोष महतारा
गुल्मी, १४ जेठ ।

गुल्मीको मालिका गाउँपालिकामा विभिन्न बिषयगत समिति गठन गरिएको छ । गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट विभिन्न बिषयगत समिति गठन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालको नेतृत्वमा स्रोत अनुमान तथा सिमा निर्धारण समिति र शिक्षा समिति गठन गरिएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालको नेतृत्वमा राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

मालिका गाउँपालिकाको प्रवक्तामा ज्ञान कुमार बुढालाई जिम्मेवारी प्रदान गरिएको छ । गाउँपालिकामा पहिलो कार्यपालिकाको बैठकबाट वडा नम्बर ३ का वडाध्यक्ष बुढालाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष रेखा कुमार जिसीको नेतृत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । वडा नम्बर ८ का वडाध्यक्ष सुर्य बहादुर जिसीको नेतृत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । वडा नम्बर ६ का वडाध्यक्ष दिपक भण्डारीको नेतृत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ । त्यस्तै कार्यपालिकाको पहिलो बैठकबाट सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक वडा नम्बर ३ का वडाध्यक्ष ज्ञान कुमार बुढालाई तोकिएको छ । साथै वडा नम्बर ४ का वडाध्यक्ष नारायण प्रसाद अर्यालको नेतृत्वमा विधेयक समिति गठन गरिएको छ । त्यस्तै कार्यपालिका सदस्य कमल सुनारको नेतृत्वमा बाताबरण तथा बिपद् व्यवस्थापन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँकार्यपालिकाको पहिलो बैठकबाट गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गमा रहेको मालिका माध्यमिक विद्यालयलाई नुमना विद्यालयको रूपमा अगाडि बढाउने निर्णय समेत गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए । त्यस्तै गाउँपालिकाका सबै वडाका अविरल बर्षाका कारणले घर, गोठ र कृषिजन्य बालीमा क्षति पुगेका नागरिकलाई राहत दिने गरेर आर्थिक कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । क्षति पुगेकाहरूको राहतका लागि गाउँपालिकाका प्रत्येक वडाबाट सुचना निकालेर कागजपत्र पेश गर्न अनुरोध गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता