छापहिलेमा सम्पन्न स्वास्थ्य शिविर बाट झण्डै तीन सय बिरामीले लिए स्वास्थ्य सेवा !



माघ १९ गुल्मी ।
मालिका गाउँपालिका द्वारा आयोजित घुम्ती स्वास्थ्य सेवा शिविरले निरंतरता पाईरहेको छ ।
आज छैटौं दिन गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको छापहिले स्वास्थ्य चौकी बाट स्वास्थ्य सेवा प्रवाह गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।
आजको स्वास्थ्य शिविर बाट दुई सय ८१ जनाले स्वास्थ्य सेवा लिएका छन , भने १ स ८६ जनाले नि शुल्क आँखा परिक्षण गराएका थिए ।
७० वर्ष भन्दा माथिका ३५ जनालाई औषधि सहित नि शुल्क चस्मा वितरण गरिएको ,६ जनामा मोतियाबिन्दु देखिएको र २ जनालाई थप उपचारको लागि भैरहवा रेफर गरिएको स्वास्थ्य चौकी इन्चार्ज देब बहादुर महताराले बताए ।

त्यस्तै महिला सम्बन्धि विभिन्न रोगको उपचार समेत नि शुल्क गरिएको छ । विशेषगरी पाठेघरको मुखको क्यान्सरको सभावित जाँच अब्ष्ट्राक्टिकफिस्टुला , आङ्गखस्ने रोगको परिक्षण गरिएको वडा अध्यक्ष रेखा कुमार जिसीले बताए । छापहिले स्वास्थ्य चौकी बाट ८१ जना महिलाले सेवा लिएको वडा अध्यक्ष जिसीले उल्लेख गरे । घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन । आगामी दिनमा पनि यस्ता शिविरलाई निरंतरता दिदै बृहत् बनाउनु पर्ने स्थानीय लिल बहादुर कार्कीले सुझाव दिए । त्यस्तै अर्का स्थानीय फुलमाया बिकले आगामी दिनमा दातको शिविर राख्नु पर्ने , शिविरमा भिडियो एक्सरे सहित सुविधा हुनु पर्ने माग गरिन ।
यता गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जनताको स्वास्थ्यनै ठूलो धन भएको बताउदै स्वास्थ्य शिविरले निरंतरता पाउने र आगामी दिनमा जनताको माग अनुसार शिविर सञ्चालन गर्ने बताए ।

साथै भोलि माघ २० गते मालिका गाउँपालिका -८ को भर्भुङ्ग मैदानमा सोही प्रकारको शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क अप्रेसन हुने र २३ गतेनै आ- आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न गाउँपालिकाले आग्रह समेत गरेको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता