सप्तरीमा तिलोत्तमा नगरपालिकाको जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु



रिया बस्नेत बुटवल साउन ३२,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा बुटवलका पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक अधिकारी रेडियो नेपाल बुटवलका संवाददाता हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका थिए । उनका अनुसार जीपमा सवार अन्य यात्रु घाइते छन घाईते हुनेमा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा वडा नं। १ का अध्यक्ष तामानाथ पाण्डे र जीप चालक रहेको र उनीहरूको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
तिलोत्तमा नगरपालिकाबाट आगामी असोज महिनामा गर्न लागिएको लगानी सम्मेलनको प्रचारप्रसारको लागि गएको टोलीसँगै पत्रकार अधिकारी पनि पूर्वी जिल्लामा गएका थिए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता