गुल्मीमा २४ घण्टामा कोरोना संक्रमण हुनेको भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढी



गोकर्ण पाण्डे

११ जेठ, गुल्मी । गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ । पछिल्लो २४ घण्टामा जिल्लामा ७१ जना काेराेना संक्रमण मुक्त भएका छन्।

अहिले सम्म कुल ९०० जना कोरोना जितेर घर फर्किएको सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन परिक्षण गर्दा ३० जना र पिसिआर परिक्षण गर्दा २ गरि जम्मा ३२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या शुन्य रहेको छ ।

त्यस्तै जिल्लामा दोस्रो लहर सुरु भएदेखि कोरोना संक्रमणका कारण ६८ जनाले ज्यान गुमाई सकेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता