शाइन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा इस्माका जनप्रतिनिधिलाई शुभकामना संगै माया चिनो प्रदान



असार ६ गुल्मी ।
शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।
सोमबार इस्मा गाउँपालिकाका अध्यक्ष भवगत खड्का ,उपाध्यक्ष पार्वती कुवर,प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल सहित ६ वटै वडाका वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान संगै मायाको चिनो प्रदान गरिएको बैंकका शाखा प्रबन्धक दिपक पाण्डेले जानकारी दिए ।
शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमले नवनिर्वाचित जनप्रतिनिधिलाई काम गर्ने हौसला प्रदान हुने र आत्मीयता कायम रहने पाण्डेले उल्लेख गरे । त्यस्तै यता गाउँपालिकाले पनि बैंकले गरेको सम्मान तथा बधाई कार्यक्रम प्रती आभार प्रकट गरेको छ ।
बैंकले गरेको सम्मान र सकारात्मक अपेक्षा प्रती गाउँपालिका सदैब साथमा रहने बताउदै वित्तीय लगानी तथा वित्तीय कारोबारको लागि बैंक सङ सहकार्य गर्ने गाउँपालिकाका अध्यक्ष भगवत खड्काले बताए । त्यस्तै यता शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाकाले यस भन्दा अघि मालिका तथा धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिलाई बधाई संगै सम्मान तथा मायाको चिने प्रदान गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता