तीज कार्यक्रम जापानमा हुने संकलित रकम सामाजिक कार्यमा



कौरव खत्री
बागलुङ ३० साउन ।
पछिल्लो समय जापानमा धेरै गलकोटेहरु वैदेशिक रोजगारीको रुपमा कार्यरत छन । त्यहाकक रहेका गलकोटबासीको हक, हित अधिकार सककगै समृद्व गलकोट निर्माणमा संस्थागत रुपमा उनीहरु सकृय रहककदै आएका छन ।
यसै सिलसिलामा गलकोट समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेको छ ।


यस संस्था जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु मध्यकै अग्रणी संस्थाको रुपमा सन २००६ देखि जापानमा कृयाशिल रहककदै आएको छ ।
संस्थाले स्थापनाकाल देखि नै गलकोटमा हुने मेला महोत्सव देखि आपत विपत अनि सामाजिक क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आईरहेको छ ।
यस वर्ष हरितालिका तीजको अवसरमा आयोजित तीज कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकी जापानमा पुगी आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन ।
सो अवसरमा जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्थाले प्रत्येक वर्ष तीज पर्वमा कार्यक्रम गर्दै आईरहेको छ ।
यस वर्ष तीज कार्यक्रम जापानको राजधानी शहर टोकियो नाकानो स्थित जेरो हलमा सेप्टेम्बर २ तारिक दिउककसो ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए । जापानमा हिजो आज दर्जनौं संघ संस्थाले तीज कार्यक्रम गर्दै आईरहेका छन ।
गल्कोट समाज जापानले विगत २००६ देखि नै विभिन्न खाले तीज कार्यक्रम गर्दै आईरहेको संयोजक साहानीले बताए । सात समुन्द्र पारी विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई विभिन्न चाड पर्वहरुमा प्रदेशमा रहेको महशुस् नगराई एक अर्कामा भेटघाट तथा दुखसुख साट्ने अवसर मिल्नुका साथै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिनेछन । कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने समाजले जनाएको छ ।
कार्यक्रममा सह–आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ । मेला अवधिभर जापानमा रहेका सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा सहभागी भई मेला सफल पार्न अपिल गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता