विप्लव नेकपा गुल्मीको अभियान उत्साहजनक: टोल टोलमा युवा संगठन विस्तार !



साउन -८ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले सुरु गरेको जन सेवा तथा जन संगठन अभियान उत्साहजनक ढंगले अगाढी बढ्को छ ।
टोल टोलमा युवा संगठनको विस्तार तथा भित्ते लेखनलाई पार्टीले तिव्रताका साथ अगाढी बढाएको हो ।
यसै बिच जिल्लाको धुर्कोट गाउँपालिका चार जैशीथोकमा पार्टीको जनवर्गीय संगठन नेपाल युवा संगठनको विस्तार गरिएको छ ।
पाँच सदस्सीय युवा संगठन नेपालको गठन गरिएको हो ।

 

युवा संगठनलाई अभियानको नेतृत्व गरेकी पार्टीकी जिल्ला इन्र्चाज अपेक्षाले प्रशिक्षण दिएकी छन् । समाजमा हुने हरेक विभेद, विसंगती तथा अन्यायको अन्त्यको लागी युवानै अग्रसर हुनु पर्ने बताउदै त्यस तर्फ लाग्न युवाहरुलाई आग्रह समेत गरेकी छन् ।
विप्लव नेकपा गुल्मीले जिल्लामा जनसेवा तथा जनसंगठन अभियान सुरु गरे संगै यस अभियानमा युवाहरुको सक्रियता बढेको छ ।
जिल्लाका विभिन्न स्थानमा युवा संगठनको गठन गरिएको र यो अभियान भदौ सम्म चल्ने उक्त पार्टीले बताएको छ ।

जन सेवा तथा जनसंगठन अभियानका सदस्य सुकुमारले भने ” हाम्रो यो अभियानमा धेरै युवा साथीहरु जोडिनु भएको छ । भने नागरीकले पनि साथ दिनु भएको छ । उनले थपे “अहिलेका राजनितिक दलका नेताले देखाएको लाचरीपन र देशको राजनितिक अवस्था प्रति धेरै युवा साथीहरुले गुनासो पोख्दै वैकल्पीक व्यवस्था खोज्नु पर्ने बताउदै हाम्रो अभियानमा जोडिनु भएको छ ” ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता