१२ औँ राष्ट्रिय सुचना दिवस ,सुचना लुकाउने गरेको सरोकारवालाको गुनासो !



हुमाकान्त पोखरेल ,गुल्मी ०३ भदौ ।

सरकारी कार्यालयहरुले सुचना लुकाउने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । बर्षमा न्यूनतम एक पटक सबै सरकारी कार्यालयहरुले सुचना सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएपनि जिल्लाका कार्यालयहरुले सुचना सार्वजनिक नगरेको पाइएको हो । एकिकृत ग्रामिण विकास समाज गुल्मीद्धारा आयोजित १२ औँ राष्ट्रिय सुचना दिवसका सहभागिहरुले सबैजसो कार्यालयमा सुचना अधिकारी तोकिएपनि उनीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकार नै थाहा नभएको बताए ।

‘सबैजसो कार्यालयमा सुचना अधिकारी तोकिएपनि अधिकाशंलाई आफ्नो कार्यालयको नयाँ जानकारी नै नभएको पाइएको छ ।’ पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीले भने, ‘जसले गर्दा सुचना लिन धेरै समय कुर्नुपर्ने वा कार्यालय प्रमुखसँग नै पुग्नु परेको छ ।’ त्यसका साथै उनले स्थानीय तहको गठन अगाडी जिल्लास्थित सरकारी कार्यालयले सुचना सार्वजनिक गर्ने गरेपनि स्थानीय तहले भने सुचना सार्वजनिक नगरेको उल्लेख गरे । नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेले स्थानीय तहमा न्यूनतम तीनपटक सार्वजनिक सुनुवाई गर्ने व्यवस्था भएपनि कतिपय स्थानीय तहले एकपटक मात्रै सार्वजनिक सुनुवाई गर्ने गरेको बताए । ‘सार्वजनिक सुनुवाई पनि औपचारिकता जस्तै भएको छ, स्थानीय तह ठोस रुपले अगाडी बढ्न सकेको छैन ।’ उनले भने, ‘कार्यशैलि बदल्नु आवश्यक छ ।’ त्यसका साथै उनले सार्वजनिक सुनुवाईबाट पाठ नसिकेर त्यसलाई शिक्षक–विद्यार्थी जस्तो प्र्र्रश्न सोध्ने र उत्तर दिने थलो मात्रै बनाएको आरोप लगाए । एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले स्थानीय तहका सुचना अधिकारीहरुलाई आवश्यक तालिम पनि प्रदान गर्नुपर्ने धारणा राखे । ‘भर्खरैजसो स्थापना भएर पनि होला, सोचेअनुरुप स्थानीय तहले सुचना उपलब्ध गराउन सकेका छैनन् ।’ एसीले भने, ‘सरकारी कार्यालयमा पारदर्शीमाथि प्रश्न उठ्दै गएको छ ।’ उनले आगामी दिनहरुमा संविधानले ग्यारेन्टी गरेको सुचनासम्बन्धी हकलाई सबै सरकारी कार्यालयले सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यससम्बन्धमा जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीले देश संघिय संरचनामा रुपान्तरण भएकोले सबैले सबै नियम पालन गर्न नसकेको प्रतिक्रिया दिए । अधिकाशं सरकारी कार्यालयले बजेट खर्च गर्ने र कागजपत्र मिलाउनेलाई नै प्राथमिकता दिएको हुँदा सुचनाको हक ओझेलमा परेको उनले बताए । जिल्ला समन्वय समितिले आगामी दिनमा सबै स्थानीय तहसँग समन्वय गरी सुचनाको अधिकार सुनिश्चित गर्ने समेत उनले प्रतिवद्धता जायर गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता