जिल्ला सहकारी संघ गुल्मीको २७ औं वाषिर्क साधारण सभा सम्पन्न



पुस २९ गुल्मी ।

सहकारीहरुको छाता सङठन जिल्ला सहकारी संघ लिमिटेड गुल्मीको २७ औं वाषिर्क साधारण  सभा सम्पन्न भएको छ ।
साधारण सभाको लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरेका हुन ।

सदरमुकाम तम्घासमा सम्पन्न साधारण सभाले एक करोड ६ लाख ९७ हजार आठ सय ३९ रुपैयाँ आय, व्यय र खुद बचत २८ हजार पाँच सय ६६ रकम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

२७ औं वाषिर्क साधारण सभा उद्घाटन गर्दै प्रदेश संसद दिनेश पन्थीले प्रदेश सरकारले सहकारीको हकतिको लागी छुटै ऎन बनाएको बताए । उनले भने “मुलुक संघिय संरचनामा गैइसकेपछि प्रदेश सरकारले पनि सहकारीको सञ्चालनको छुटै मापदण्ड बनाएको छ “। अन्तर जिल्ला सहकारी प्रदेशले हेर्ने र तो भन्दा तलका स्थानीय तहले हेर्ने विधेक प्रदेश सरकारले पास गरेको जानकारी गराए ।

त्यस्तै जिल्लाका विभिन्न सहकारी संस्थाको प्रतिनिधित्व गर्दै बोल्ने वक्ताहरुले जिल्ला सहकारी संघलाई रचनात्मक सुझाव दिएका थिए । सहकारीको मर्म अनुसार काम गर्नु पर्न र राज्यको सहयोग साथ बढाउनु पर्न उनीहरुको धारणा रहेको छ । सहभागीको धारणको जवाफ दिदै जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष शेषकान्त गौतमले सहकारी पछिल्लो समय अपांग बन्दै गएको बताउदै त्यसलाई जिल्ला सहकारी संघ गुल्मीले सुधार्ने उल्लेख गरे । साथै आज विभिन्न नयाँ कार्यक्रमहरु साधारण सभाले पारित गरेको उनको भनाई छ । गुल्मीमा जिल्लाभर दुई सय ४० सहकारी संस्था रहेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता