विपद् व्यवस्थापन समिति द्धारा गरिएका आठ महत्वपुर्ण निणर्य !



डि.बि खड्का,गुल्मी

जिल्ला विपद् व्यवस्थापन गुल्मी र स्थानीय विपद् व्यवस्थापन समिति सत्यवती गाउँपालिका गुल्मीको संयुक्त बैठक सम्पन्न भएको छ । विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष युदनाथ पौडेको अध्यक्षतामा बसेको बैठकले आठ वटा महत्वपुर्ण निर्णय गरेको छ । सत्यवती गाउँ पालिकाको खैरेनीमा बसेको बैठकले यस्ता आठ महत्वपुर्ण निर्णय गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले उल्लेख गरेको छ

निर्णय नं . १
सत्यवती गाउँपालिका वडा नं। ३ र ४ मा यही श्रावण ७ गते विहान गएको पहिरोमा खोज तथा उद्धारको कार्यमा खटिएका सुरक्षाकर्मी¸ स्थानीय व्यक्ति¸ विभिन्न संघसंस्था र जनप्रतिनिधिहरुको कार्यको उच्च मूल्याङ्गकन गरीयो । पीडित तथा प्रभावित व्यक्तिहरुको सहयोगको लागि विभिन्न संघरसंस्था¸ राजनैतिक दल¸ व्यक्ति¸ विभिन्नक स्थानीय सरकार¸ राष्ट्रसेवक कर्मचारी लगायतले राहत रकम¸ खाद्यान्नप लत्ता कपडा लगायतका विभिन्नप राहत सामग्रीहरु सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरियो ।
निर्णय नं . २ 
पीडित तथा प्रभावितहरुको लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट प्राप्त भएको राहत रकम स्थानीय विपद् व्यवस्थापन कोषमा एकीकृत रुपमा आम्दानी बाध्ने तथा कोषमा जम्मा भएको रकमलाई खर्च तथा परिचालन गर्नको लागि निम्न कोष परिचालन समिति गठन गर्ने । समितिले आवश्यकतानुसार रकम खर्च गर्नको लागि नियमरकार्यविधि तयार गरी नगररगाउँकार्यपालिकाबाट अनुमोदन गर्ने ।

संयोजक – नगररगाउँपालिकाको प्रमुखरअध्यक्ष
सदस्य – नगररगाउँपालिकाको उपप्रमुखरउपाध्यक्ष
सदस्य – विपद् प्रभावित क्षेत्रका वडाध्यक्ष र सचिवहरु
सदस्य सचिव – प्रमुख प्रशासकीय अधिकृत
समितिले प्राप्त भएको वस्तुगत सामाग्रीहरु न्यायोचित एवं पारदर्शी ढंगबाट वितरण गर्ने र अत्यावश्यक नपुग सामग्री तथा खाद्यान्नह प्राप्त भएको राहत रकमबाट जोहो गर्नुका साथै पीडित पक्षले राहतको अनुभूत हुने वातावरण सृजना गर्ने ।
निर्णय नं
विपद् व्यवस्थापन सम्बन्धी विविध कार्यको लागि यस जिल्लाका सबै स्थानीय तहहरुमा निम्न पदाधिकारीहरु रहने गरी विपद् व्यवस्थापन सूचनाकेन्द्र गठन गर्ने । सूचनाकेन्द्रले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण रअध्यावधिक¸ जोखिमयुक्त स्थानहरुको पहिचान¸ विपद् सूचना संकलनरविश्लेषण र प्रवाह¸ खोज उद्धार र राहत सम्बन्धीका कार्यमा समन्वय¸ ऋगिकतभच गत रुपमा क्षतीको विवरण संकलन¸ समन्वय र सहजिकरण लगायतका कार्यहरु सम्पादन गर्ने गराउने ।

संयोजक ( प्रमुख प्रशासकीय अधिकृत
सदस्य – विपद् फोकल पर्सन
सदस्य – प्रमुख प्रशासकीय अधिकृतले तोकेको १ जना कर्मचारी
सदस्य – स्थानीय विपद् व्यवस्थापन समितिले तोकेको २ जना सदस्य
सदस्य सचिव – सूचना अधिकारी

निर्णय नं ४ 

पहिरोबाट प्रभावित तथा हाल करिब ३०७ घर परिवारका १२०० भन्दा बढीको संख्यामा रहेका पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा सो संख्याका घरपरिवार मध्ये कतिपय परिवारहरु आफ्नो घरगोठमा पुग्न बाटोघाटो अवरुद्ध हुँदा तथा स्थानीय बजारमा खाद्यान्नर लगायतका सर समान उपलब्ध नहुँदा आश्रय लिएको समेत देखियो । अतस् यसको लागि तत्कालै सो गाउँमा पुग्ने मुख्य तथा सहायक सडकको निर्माण गरी जनजीवन सामान्यीकरण गर्नुपर्ने अवस्था भएकोले सो कार्य गाउँपालिकाको नेतृत्वमा अविलम्ब गर्नुपर्ने देखिएकोले सो गर्ने ।
निर्णय नं.५ 
२०७६ साल श्रावण ७ गतेको पहिरोबाट प्रभावित वडा नं। ३ र ४ तथा वडा नं। १ र २ का घरपरिवारहरु हाल विभिन्ना विद्यालयमा अस्थायी शिवीरको रुपमा बस्दै आएका र यही श्रावण २८ पछि ती विद्यालयहरु संचालनमा आउने भएकोले ती पीडित जोखिमयुक्त घर परिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गर्ने र करिब ११० घर परिवार जति अझै पनि उच्च जोखिमयुक्त घर परिवार भित्र रहेकोले उनीहरुको लागि टिन तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्नुपर्ने देखिएकोले सोको लागि सुरक्षित स्थानका टोल टोलमा जग्गाको छनौट गरी सो तर्फ योजना बनाई अगाडि बढ्ने ।
निर्णय नं ६ 
दीर्घकालिन पुर्नस्थापनाको लागि ताहाँको जनताको भावना¸ सामाजीक अवस्था¸ भूगर्भविदको प्रतिवेदनको आधारमा जिल्ला¸ प्रदेश र केन्द्रतहको समन्वय र परामर्शमा योजना तयार गर्ने ।
निर्णय नं ७ स्
सरोकार निकायहरुको सहयोग र समन्वयमा सत्यवती गाउँपालिका वडा नं। ३ र ४ मा विपद्बोट पीडित तथा प्रभावितहरुको तथ्याङ्क संकलन¸ अस्थायी आवास निर्माण¸ प्रभावितहरुलाई पुर्नवास र वैकल्पीक व्यवस्थापन सम्बन्धी कार्य अगाडी बढाउने । समन्वयकारी भूमिका जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले गर्ने ।
निर्णय नं ८
सत्यवती गाउँपालिका वडा नं। ३ र ४ मा गत श्रावण ७ गते गएको पहिरोबाट घाईते हुनुभएका वडा नं। ३ का धनी तरामु र करिष्मा तरामु तथा गत श्रावण ११ गते राती गएको पहिरोमा परी घाइते हुनुभएका कालिगण्डकी गाउँपालिका वडा नं। ७ भुर्तुङ्गका याम बहादुर परियार¸ खिमा परियार¸ भेष कुमारी परियार¸ साजन परियार र सोनी परियारको पूर्ण स्वास्थलाभको कामना गर्दै मृतकहरु वडा नं। ३ ठूलोलुम्पेकका का दिलकुमारी तरामु, दर्शन तरामु, बबि वि।क, माया वि।क, दुर्गा सिंजाली वडा नं। ४ का लिम्घाका हेमांसु वि।क।, पम्फा वि।क।, निर्मला वि।क।, अन्जली वि।क।, छली वि।क।, सिमानी वि।क, तारा वि क, सुमन वि क र कालिगण्डकी गाउँपालिका वडा नं  ७ भुर्तुङ्गका चुन्ने परियार प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरियो ।

निर्णय जिल्ला प्रशासन कार्यलय गुल्मीको  फेसबुक अकाउन्ट बाट ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता