विद्यार्थी युवा नेता पन्थीले गरे गुल्मी–१ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा



असोज ६ गुल्मी ।

गुल्मी — विद्यार्थी युवा नेता तथा नेपाल तरुण दल गुल्मीका सचिव तोमलाल पन्थीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको कोटामा महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

वि.सं. २०६७ सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको इकाई सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका पन्थीले नेविसंघ गुल्मीको कोषाध्यक्ष, उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। २०७३ सालको स्ववियु निर्वाचनमा समेत उम्मेदवारी दिएका पन्थी हाल नेपाल तरुण दल गुल्मीको सचिवको जिम्मेवारीमा छन्।

राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय पन्थी गुल्मी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत हुन्। विद्यार्थी राजनीति, युवा संगठन र व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका पन्थीले आफ्नो अनुभव र जिम्मेवारीलाई निरन्तरता दिँदै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन्।

पन्थीले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रयासभन्दा पनि नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएका छन्। उनका अनुसार अग्रजहरूले निर्माण गरेको संगठनात्मक विरासतलाई सम्मान गर्दै युवाको ऊर्जा, क्षमता र नयाँ सोचलाई नेतृत्वसँग जोड्नु अहिलेको आवश्यकता हो।

युवाको आवाजलाई संगठनको नीति र निर्णय प्रक्रियासँग जोड्ने, वडा तथा स्थानीय तहका कार्यकर्ताका भावना र अपेक्षालाई माथिल्लो तहसम्म पुर्‍याउने तथा अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच पुस्तान्तरणको बलियो आधार निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको पन्थीको भनाइ छ।

संगठनलाई व्यक्तिकेन्द्रित नभई कार्यकर्तामैत्री, समावेशी, गतिशील र जनमुखी बनाउने दिशामा आफ्नो भूमिका रहने बताउँदै उनले महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त हुने जिम्मेवारीलाई इमानदारी, जवाफदेहिता र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन्।

उम्मेदवारी घोषणा गर्दै पन्थीले सम्पूर्ण अग्रज, साथीहरू तथा क्रियाशील सदस्यहरूको साथ, सुझाव, सद्भाव र विश्वासको अपेक्षा गरेका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता