सागरले लिए तीन विकेट !



 

भदौ २४

नेपालका स्पिनर सागर ढकालले एसीसी यू-१९ एसिया कप क्रिकेटमा यूएईविरुद्ध तीन विकेट लिएका छन् ।

उत्कृष्ट बलिङ गर्दै सागरले चार ओभरमा मात्र चार रन खर्चिएर तीन विकेट लिएका हुन् । उनले यूएईका तीनै जना ब्याट्सम्यानलाई एल्बिडब्लु आउट गराएका हुन् ।

 

उनले वि्रत्य अरविन्दलाई २८ रनमा, सायद हइदरलाई १५ र अन्श तान्दोनलाई १२ रनमा एल्बिडब्लु आउट गराए ।

यूएईको अहिले २२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ८३ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । नेपालको उच्च स्कोर बनाउन कप्तान रोहित कुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४५, राशिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन बनाएका थिए ।

अन्लाईन खवर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता