गुल्मीमा विद्यार्थी मञ्च द्धारा पूर्व बिद्यार्थीहरुलाई सम्मान्



मनु सुनार गुल्मी

महेन्द्र पूर्व विद्यार्थी मञ्च तम्घास गुल्मीले पूर्व बिद्यार्थीहरुलाई सम्मान् गरेको छ । महेन्द्र नमुना माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु जिल्लाकै शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समितिमा निर्वाचित भएको भन्दै मञ्चले उहाँहरुलाई सम्मान् गरेको हो ।
सम्मान पछी फोटो लिदैं तस्वीर रेडियो रेसुंगा
रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष जस्तो गरिमामय पद्मा निर्वाचित महेन्द्र नमुना माध्यामिक विद्यालयका पूर्व विद्यार्थी राजेन्द्र प्रसाद श्रेष्ठ,कोषाध्यक्षमा अर्जुन प्रसाद आर्चाय,सदस्यमा निर्वचित यज्ञप्रसाद पन्थी,कृष्ण प्रसाद पोख्ररेल,श्याकुमार पाण्डेय,दुर्गा प्रसाद पाण्डेय तथा पुर्ण बहादुर खत्रीलाई सम्मान् गरिएको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पसको हालै सम्पन्न ३४ औँ क्याम्पस सभाबाट महेन्द्र नमुना माध्यामिक विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ सहितका पदाधिकारीहरु निर्वाचित हुनुभएको थियो ।त्यस्तै महेन्द्र नमुना माध्यामिक विद्यालयको प्रर्चायमा युवराज ज्ञवाली तथा सहायक प्रधानाध्यापकमा सो विद्यालयका पूर्व विद्यार्थी कृष्ण प्रसाद मरासीनी नियुत्त,हुनुभएको भन्दै मञ्चले स्वागतसँगै सम्मान् गरेको हो ।सम्मान् ग्रहण गदै महेन्द्र नमुना माध्यामिक विद्यालयका पूर्व विद्यार्थी एवं रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मञ्चले गरेको सम्मान्प्रति धन्यावाद् ज्ञापन गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ सम्मान्प्रति धन्यावाद् ज्ञापन गदै तस्वीर रेडियो रेसुंगा
उहाँले २०३४ सालमा आफुले महेन्द्र नमुना माध्यामिक बिद्यालयबाट एस।एल।सि उत्र्तीण गरेको स्मरण गदै विद्यालयको सहयोगका लागि आफु सधैँ तत्पर रहेको उल्लेख गर्नुभयो ।
‘उतिबेला कम प्रतिस्पर्धी थिए । तर अहिले त्यस्तो छैन् ।’श्रेष्ठले भन्नुभयो ‘अब पहिलेजस्तो उत्र्तिण मात्र भएर पुग्दैन् ।’अबको शिक्षा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । उहाँले फरक प्रसँग जोड्दै देश संघियतामा गएसँगै तम्घासको भविष्य के होला रु भन्ने सबैतिर प्रश्न उठीरहेको बेला सदरमुकाम तम्घासलाई शैक्षिक केन्द्रको रुपमा विकास गनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । यसका लागि जिल्लामा रहेका शैक्षिक संस्था,उद्योगी व्यवसायी सबैको सहयोग आवश्य रहेको पनि बताउनुभयो ।
महेन्द्र नमुना माध्यामिक विद्यालयको नवनियुक्त प्रार्चाय युवराज ज्ञवालीले मञ्चले गरेको सम्मान् प्रति आभार प्रकट गर्नुभयो । उहाँले जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा स्थापीत महेन्द्र नमुना माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न तथा यसको व्यवस्थापनमा आफु कटिवद्ध रुपमा लागी पर्ने बताउनुभयो  ।
महेन्द्र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पन्थीले महेन्द्र नमुना माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संघसंस्थाका विभिन्न पद्मा पुग्न सक्नु विद्यालयको लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा महेन्द्र नमुना माध्यामिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य तथा पूर्व विद्यार्थी मञ्चका सदस्य घनश्याम पाण्डेय,विद्यालयमा अध्यापनरत शिक्षक तथा अध्ययनरत् विद्यार्थी लगायतको उल्लेखीय सहभागीता रहेको थियो ।
महेन्द्र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पन्थीको अध्यक्षता रहेको कार्यक्रममा महेन्द्र पूर्व विद्यार्थी मञ्चका सदस्य रामलाल पाण्डेयको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रको सञ्चालन पूर्व विद्यार्थी मञ्चका सह–सचिव शालिक पन्थीले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता