जन्मदिनको अवसरमा नेपाल अपांग आश्रम लाई ५००० सहयोग



राजेन्द्र पन्थी २०७६।०९।२९

पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ , तर बुटवलका एक युवाले आफ्नो जन्मदिन फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।

जन्मदिनको अवसरमा बुटवल स्थित सिटिजन लाइफ इन्स्योरेन्स क.लि का सिनियर एजेन्सी म्यानेजर युवराज तिवारीले बुटवल (११ प्रगतिनगर स्थित नेपाल अपांग आश्रम  लाई रु ५००० अक्षयकोष सहयोग गरि आफ्नो जन्मोत्सव मनाएका छ्न ।

तिवारीको जन्मघर घनगढी (१८ कैलालीमा भएता पनि बिगत १७ वर्ष देखि आफ्नो अध्यन(अध्यापनको शिलशिलामा बुटवल बस्दै आएका छन । तिलोत्तमा स्थित जनभावना मा।वि ।मा अध्यापन गराइरहेका तिवारीले माविको शिक्षण पेशा छोडी बिगत दुई वर्ष देखि सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अबिकर्ताको रुपमा कार्यरत छ्न । अहिले उनी कम्पनीकै उत्कृष्ट एजेन्सी म्यानजरको रुपमा रहि मनग्गे कमाएका छ्न । जन्मोत्सवमा नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई रु ५०००र( को चेक हस्तान्तरण गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएका छ्न । कार्यक्रममा कम्पनिका CBO सुनिल पोखरेल , ABM , दुर्गाराज ढकाल,BDC पुर्ण चन्द्र सुवेदी लागाएतको उपस्थिति रहेको थियो । आज आफ्नो जन्मोत्सवमा अपांगहरुलाई केही रुपमा भएपनि सहयोग गर्न पाउँदा खुसीको अनुभुती भएको बताएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता