काङ्ग्रेसका नेता भण्डारीले दिए आफैंले आफैंलाई श्रद्धाञ्जली !



पुस -२९ गुल्मी ।

नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफैंले आफैंलाई श्रद्धाञ्जली दिएका छन् । बिहिवार सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले आफैंले आफैलाई श्रद्धाञ्जली दिएका हुन ।
डाक्टर भण्डारीले छिमेकी राष्ट्र भारत तर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन “देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन् ।देश भनेको आमा हुन्,आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे,त्यसैले पीडाले आहत म आफैलाई पनि श्रद्धाञ्जली बाहेक म के भन्न सक्छु र ” ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुल्ला मञ्चबाटै नेपाली भु- भाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा सडक विस्तार गरेको बताए पनि नेपाल सरकार यस विषयमा मौन रहेको छ ।
सत्ता बाहिर रहेका केहि राजनीतिक दलले भारतको हेपाहा प्रवृत्ति विरुद्ध आपत्ति जनाए पनि सरकार भने रहस्यमय ढङ्गले मौन बसेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता