सत्यवतीमा चप्पल उद्योगको स्थापना



फागुन १ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाका युवाहरुले गाउँमै चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् ।
गाउँपलिकाको वडा नम्वर पाँचका नविन भण्डारीले आफ्नै गाउँमा चप्पल उद्योगको स्थापना गरेका हुन ।
लामो समय सम्म विदेशमा पसिना बगाए पनि सोचे जस्तो प्रगती गर्ने नसकेको भन्दै गाउँमै केही गर्ने हेतुले करिब नौं लाखको लगानीमा चप्पल उद्योग सञ्चालमा ल्याएको उनको भनाई छ ।
चप्पल उद्योगको शनिबार गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले उद्धघाटन गरेका हुन ।
उद्धघाटन गदै अध्यक्ष ढकालले युवा उद्यमी भण्डारीलाई पुर्ण सफलताको शुभकामना व्यक्त गदै गाउँपालिकाकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
दुई वर्ष सम्म दुबैमा पसिना बगाएका भण्डारीले विदेश सोचे जस्तो नभएको र गाउँमै केही गर्ने मनसायले आफुले नयाँ व्यवसायको सुरुवात गरेको बताए ।
साथै अहिले चप्पल उद्योगमा एकजनाले रोजगार पाएको र निकट भविष्यमा उद्योगलाई विस्तार गदै लैजाने र दश जना सम्मलाई रोजगार दिने लक्ष्य रहेको उल्लेख गरे ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता