धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुरु !



असार १६ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका-६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुरु भएको छ। वुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले एक्सरे सेवाको उद्धघाटन गरेका हुन ।

ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्यलाई मध्यनजर गदै गाउँमै एक्सरे सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए । साथै अब एक्सरे सेवाको लागी सदरमुकाम तम्घास जान पर्ने बाध्यता समेत हटेको छ ।

गाउँपालिका अध्यक्ष पोख्रेलले स्थानीय स्तरमानै आधारभुत सेवा प्र्रदान गर्न र जनताहरुसँग गरेको वाचा पुरा गर्न सदरमुकाममा दिइने सेवाहरु यस प्राथमिक केन्द्रबाटनै सञ्चालन गरिएको बताए । साथै उनले सबैलाई सेवा लिनको आग्रह पनि गरेका छन् ।

छिट्टै नै भिडियो एक्सरे सेवा सञ्चालन गरिने ,अबको २ वर्ष भित्रमा १५ शैयाको अत्याधुनिक अस्पताल निमार्ण गरिने , महिला स्वयमसेविकाहरुको लागि यस वर्ष बाट कल्याणकारी कोषको स्थापना गरिने जस्ता योजना गाउँपालिकाका रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर खत्रिको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जनक पाठक, धुर्कोट गाउँपालिका स्वास्थ्य सह संयोजक सुनिता सारु लगायतकोे आथित्यता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता