गुल्मीका १२ स्थानमा मतदान केन्द्र राख्न सिफारीस !



गुल्मी अपडेट,माघ ७ गुल्मी । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारीस समितको बैठक सम्पन्न भएको छ । स्थानीय तहका प्रमुख तथा प्रतीनिधि प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा सहित बसेको बैठकले विभिन्न महत्पुर्ण निर्णय गरेको छ ।

जिल्लाका १२ स्थानीय तह मध्ये ६ स्थानीय तहमा मतदान केन्द्र थप्न निवार्चन आयोग नेपाललाई सिफारीस गरेको छ । ६ वटा स्थानीय मध्ये रेसुंगा नगरपालिकाका तीन स्थान, गुल्मी दरवार गाउँपालिकामा एक स्थान, सत्यवती र चन्द्रकोट गाउँपालिकाका दुई दुई स्थान ,कालीगण्डकी गाउँपालिमा एक स्थान र धुर्कोट गाउँपालिकाका तीन स्थान गरि १२ स्थानमा मतदान केन्द्र थप्ने सिफारिस गरिएको निमित्त जिल्ला निवार्चन गुल्मीका अधिकृत श्याम पाण्डे जानकारी दिए ।

त्यस्तै अन्य ६ स्थानीय तहमा मतदान केन्द्र नथप्ने र स्थान हेरेफेर गर्ने सिफारिस समेत गरिएको छ । सरकारकले निवर्चानको मिति तोके संगै कतै निवर्चानको तयारीमा त जिल्ला निवार्चन आयोग जुटेको होईन भन्ने प्रश्नमा निवार्चन आयोग गुल्मीले आफ्नो नियमित काम भएको प्रतीक्रिया दिएको छ ।

निमित्त जिल्ला निवार्चन गुल्मीका अधिकृत श्याम पाण्डे भने यो हाम्रो नियमीत काम हो यसलाई निवार्चनको तयारी भन्न मिल्दैन । मतदान केन्द्र तथा स्थलको सिफारीस, मतदाता दर्ता र अद्यावधीक गर्ने काम आफुहरुको नियमीत काम भएको उनको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता