विप्लव नेकपा द्धारा गुल्मीमा जनसेवा तथा जन संगठन अभियान सुरु



साउन -६ गुल्मी ।

नेत्र विक्रम चंद विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले जनसेवा तथा जनसंगठन अभियान  सुरु गरेको छ । जनता संगै बस्ने जनताका समस्या बुझ्ने र समस्या समधानको लागी जन संगठन विस्तार गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

वुधवार उक्त पार्टीले जिल्लाको रेसुंगा नगरपालिका दश सिमिचौर बाट आफ्नो दुई महिने अभियानको उद्धघाटन गरेको हो । अभियानको नेकपा गुल्मी जिल्ला ईनर्चाज तथा केन्द्रिय सदस्य अपेक्षाले उद्धघाटन गरेकी थिईन । उद्धघाटन गर्दै इर्नचार्ज अपेक्षाले अहिलेको यो व्यवस्थाले फेल खाईसकेको बताउदै अव जनताले जनमत संग्रह बाट वैज्ञानीक समाजवाद रोज्नु पर्ने बताईन । पुर्व सांसद समेत रहेकी नेकपाकी नेत्री अपेक्षाले संसदीय व्यवस्था भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो रहेको बताउदै यस व्यवस्थाको अव विकल्प खोज्नु पर्ने समय आएको उल्लेख गरिन। सत्तामा जो सुकै आएपनि यो व्यवस्थाले देशलाई निकास दिन सक्ने उनको दावि थियो ।

 

 

त्यस्तै जनसेवाका सदस्य सुकुमारले प्रचण्ड बाबुरामले आर्यघाटमा पुराएको क्रान्तीको झण्डा आफुहरुले उचाल्दै का्रन्तीलाई नयाँ मोडमा लगेको बताए । अभियान टोलीका सदस्य समेत रहेका सुकुमारले परिर्वनतको लागी युवानै अग्रसर हुनु पर्ने बताउदै सबै युवालाई एक पटक एकीकृत जनक्रान्तीमा होमीन आग्रह समेत गरेका छन् ।

जनसेवा तथा जन संगठन अभियानको उद्धघाटन कार्यक्रममा बोल्ने अधिकाँश नेताहरुले तत्कालीन केपी ओली सरकार संग भएको तीन बुंदे सहमती वर्तमान सरकारलाई यथाशिघ्र कार्यान्वयन गर्ने आग्रह गदै कार्यान्वयन गर्ने आनकानी गरे यसको परिणाम सरकारले व्योर्होनु पर्ने चेतावनी समेत दिएका थिए ।
जनसेवा तथा जन संगठन अभियान कार्यक्रममा नेकपा गुल्मीका सेके्रटरी हिमाल , पाटीका जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधिको सहभागीता रहेको थियो । यस अभियान जिल्ला सबै स्थानीय तहमा चल्ने  नेकपा गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता