चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक !



सन्तोष महतारा
गुल्मी, १३ जेठ ÷ गुल्मी उद्योग वाणिज्य संघले चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो ।

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थीले महोत्सवमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका थिए । विवरण अनुसार चौथो गुल्मी महोत्सवमा कूल आम्दानी ८२ लाख ९२ हजार २ सय १० रुपैयाँ भएको छ । जसमा महोत्सव प्रवेश टिकट मार्फत ३२ लाख ९२ हजार ६ सय १० रुपैयाँ, बाल उद्यान मार्फत १२ लाख ५० हजार रुपैयाँ, स्टल विक्री मार्फत २८ लाख ५० हजार र प्रायोजक मार्फत ९ लाख रुपैयाँ आम्दानी भएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।

चौथो गुल्मी महोत्सवमा कूल ६१ लख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको छ । जसमा मेला व्यवस्थापनमा १ लाख ९५ हजार ८ सय ४५ रुपैयाँ, मञ्च व्यवस्थापनमा ३ लाख २५ हजार रुपैयाँ, सचिवालय व्यवस्थापनमा १ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ, मायाको चिनोमा ३ लाख १७ हजार ५ सय रुपैयाँ, विद्युत् व्यवस्थापनमा ४५ हजार रुपैयाँ, सुरक्षा व्यवस्थापनमा ५ लाख ५० हजार रुपैयाँ, यातायात ट्राफिक तथा इन्धनमा १ लाख ७६ हजार रुपैयाँ, स्टल निर्माणमा ९ लाख ८५ हजार ७ लसय ९६ रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै महोत्सवमा स्वास्थ्य सेवा मार्फत १५ हजार ३ सय ६० रुपैयाँ, प्रचारप्रसारमा ५ लाख ४५ हजार ६ सय २५ रुपैयाँ, कृषि तथा घरेलु प्रदर्शनीमा १ लाख २५ हजार १ सय रुपैयाँ, अतिथि सत्कार तथा जलपानमा १ लाख ९३ हजार ९ सय ५२ रुपैयाँ, खानेपानी तथा सरसफाईमा २ लाख ९ हजार ५ सय ७६ रुपैयाँ, महेन्द्र नमुना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग २ लाख ५० हजार रुपैयाँ, चिदिचौर नाली निर्माणमा १२ हजार ३ सय रुपैयाँ, पर्यटन प्रवद्र्धन तथा फोटो प्रदर्शनीमा ८० हजार रुपैयाँ, साँस्कृतिक स्थानीय कला प्रदर्शनमा १६ लाख ५० हजार रुपैयाँ र भ्रमणमा ३ लाख ५० हजार रुपैयाँ गरेर कूल ६१ हजार ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको गुल्मी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कूल आम्दानीमा कूल खर्च घटाएर २१ लाख २७ हजार ६ सय ९१ रुपैयाँ नाफा भएको वाणिज्य संघले जनाएको छ । कूल नाफाको ४० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता