यस्ता छन् रेसुंगा नगरपालिका सातका निमार्णधीन योजनाहरु !



 डिबि खड्का फागुन १९।

देशमा स्थानीय तहको निवार्चन भएको करिब साढे दुई वर्ष भन्दा बढी भैइसक्यो । नेपालको संविधानमा संघ, प्रदेश र स्थानीय तह गरि राज्यको मूल संरचना रहने व्यवस्था गरीएको छ । भने स्थानीय तह तर्फ गाउँपालिका र नगरपालिका रहने व्यवस्था छ ।

स्थानीय तहको निर्वाचन पछि जनताले स्थानीय सरकार बाट ठुलो आशा र अपेक्षा लिएका छन् । भने स्थानीयतहले पनि विकास निमार्णका कार्यहरु लाई सन्तोषजनक ढङ्ग बाट अगाडी बढाई रहेका छन् ।

यस्तै गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर सातले पनि स्थानीय तहको निर्वाचन पछि जनताले प्रत्यक्ष विकासको अनुभुती हुने गरि विकास निमार्णका कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ ।

वडा कार्यलयको आफन् बजेट  ,रेसुंगा  नगरपालिका ,प्रदेश सरकार तथा केन्द्र सरकारको आर्थीक सहयोगमा विकास निमार्णका कार्यहरुले तिव्रता पाएका छन् ।

यस्ता छन् यो वर्षका निमार्णधीन योजनाहरु ।

पचास लाख लागतमा अर्जुन जाने बाटो ग्राभेल र पक्की नाली सहित को काम भैइरहेको छ  ,भुजेलखर्क वस्ती विकासको लागी  मोटरबाटो निमार्णको लागी  ५० लाख लागतमा काम हुदै छ भने । फिल्म हल देखि नेटा जाने बाटो २ किमि पिच समेत गरि रु ४ करोड ५० लाखमा काम हुदै छ ।

 सिस्नेहार खानेपानी योजनाको लागी रु ५४ लाख जुन  मिटर सिस्टमका बाट सञ्चालीत हुनेछ ।  अर्घाखाँची जिपपार्कमा ग्राभेल र पहिरो संरक्षणका निम्ती रु २ करोड , बुट्टाकुरी मोटरबाटो स्तरोन्नतीको लागी  रु ३० लाख रकम विनियोजीत गरिएको छ ।

 विधुत्  प्राधिकरण देखि भुजेलखर्क जोड्ने झोलुङ्गे पुललाई करिब  ५० लाख  बजेट विनियोजन गरिएको छ भने टेण्डर आह्वन गरिसकिएको छ ।

साखिने कुडापानी सिस्नेहार आपठुटा मोटरबाटो १२ लाख लागतमा मा निमार्ण हुदै छ भने  , स्वास्थ्य चौकी निर्माण रु ४० लाख रकममा हुदै छ ।  कुडापानी लिफ्टिङ खानेपानीको लागी २० लाख रकम विनियोजन गरिएको छ ।त्यस्तै यता उनायचौर खेलमैदानको लागी ५० लाख रकम विनियोजित गरिएको छ ।

 जनता आवास कार्यक्रम मार्फत सीता दमाइ एकल महिला  बसन्ती विक , माने दमाई, एकल महिला जमुना सार्की  र कृष्ण बहादुर विक गरि ५ जनालाई घर निर्माणका लागि जनही रु ३ लाख ३६ हजारका दरले अनुदान प्रदान गरिने छ ।

अजुर्न डाडामा पर्यटन प्रद्धर्दनको लागी रु विस लाखको लगातमा पार्क निमार्ण हुदै छ । भने पर्यटन प्रर्वद्धनकै लागी उनायचौरमा ट्री हाउस निमार्ण गरिएको छ  ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता