इस्मा दोहलीका जनताले ८ महिना देखि बृद्ध भत्ता पाएनन् !



पुजा गौतम : इस्मा, गुल्मी । इस्मा गाउँपालिका–४ दोहलीका जनता गत ८ महिना देखि बृद्ध भत्ता सहित अपाङ्ग , एकल महिला लगायतले पाउन सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।

दोहलीको हुला निवासी समिर बस्नेतले इस्मा गाउँपालिकाका अन्य सबै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको तर वडा नम्वर ४ को दोहलीमा गत ८ महिना देखि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा कोभिडको यो संकटमा बृद्ध बृद्ध , अपाङ्ग र एकल महिलाहरु थप संकटमा परेको गुनासो सुनाए ।

त्यस वडाका वडाध्यक्ष गनु प्रसाद अधिकारीको ध्यानकृष्ट गराउदा गत मंसिर महिना देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसक्दा वडा कार्यालय घेर्ने हुन कि भन्ने चिन्तामा परिएको प्रतिकृया दिए । ‘ दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बापदको पैसा बैंकअफ काठमाण्डौं ईस्मारजस्थल शाखामा हाम्रो वडाको खातामा राख्न ढिला हुन गयो र चार महिनाको सुरक्षा भत्ता पाउन सक्नु भएन् अब अन्तिम चौमासिक सहित ८ महिनाको सामाजिक सुरक्षा भत्ता असार १५ गते सम्म उपलब्ध गराउने छौं’– वडाध्यक्ष अधिकारीले भने ।

उनका अनुसार वडाहरुलाई पालैपालो त्यस बैंकमा रकम राख्ने क्रममा वडा नम्वर ४ अन्तिममा परेकोले रकम राख्न ढिला हुन गएको हो । वडाध्यक्ष अधिकारी त्यस वडामा ४ सय जना भन्दा बढि सामाजिक सुरक्षा भत्ता लिनेहरु छन् । कोभिड महामारीको बेला गाउँपालिकाले राहत दिनु पर्नेमा छाक अड्किने अवस्थामा पुगेका कैयौं परिवारले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएको प्रति ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको ध्यानकृष्ट गराईएको छ ।

गाउँपालिका अध्यक्ष बिष्टले वडा नम्वर ४ दोहलीको बैंकले रकम ईन्ट्रि गर्न ढिला गरेको दोश्रो चौमिासिकको सामाजिक सुरक्षा भत्ता आजै देखि त्यस बैंकललाई दैनिक दुई तिन घण्टा खुल्ला गर्न लगाएर वितरण गर्न लगाउने प्रतिबद्धता जनाए

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता