गुल्मी ःजापान सरकार द्धारा निर्मित कृषि प्राविधिक अध्ययन भवनको हस्तान्तरण



सन्तोष महतारा- १९ फागुन गुल्मी ।

गुल्मीमा कृषि प्राविधिक शिक्षा अध्ययनका लागि जापान सरकारले बनाएको भवन हस्तान्तरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा २ देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्ययनका लागि जापन सरकारले बनाएको भवन हस्तान्तरण गरिएको हो । जापान सरकारको जिजिपी संस्थाद्वारा विद्यालयको भवन निर्माण गरिएको संस्थाका म्यानेजर नाउरो काट्टेले जानकारी दिए ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा नेपालका लागि जापानी राजदूत क्यानटारे मियोमोतोले कृषि सम्बन्धि शिक्षाले बेरोजगार बस्न नपर्ने भन्दै कृषि शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे । विद्यालयको ४ कोठे भवन नेपाली रुपैयाँ ८५ लाख ८३ हजार लागतमा निर्माण भएको संस्थाका म्यानेजर काट्टेले बताए । विद्यालयको भवन जापान सरकारका नेपाल प्रतिनिधि क्यानटारे मियोमोतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेलेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले नेपालको विकासका लागि जापान सरकारले सहयोग गरिरहेको बताए । सोमनाथ सापकोटाले आफुले जापान भ्रमण गरेको अनुभव बताउदै मेहनत , परिश्रम र समयको पालानाले जापान बिकसित राष्ट्र बनेको बताएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले जापनिज सरकार प्रति आभारी रहेको भन्दै जापान सरकारबाट प्रतिनिधिको रुपमा नेपालमा रहेर सहयोग गर्नुले नगरपालिकावासी खुसी भएको बताए । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रबाट कृषि प्राविधिक शिक्षाको सुरु हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले विद्यालयमा कृषि शिक्षाको सुरुवात हुनेभएपछि आवश्यक जग्गाको लागि प्रक्रिया अगाडि बढेको बताए ।

स्थानीयहरुले विद्यालयको लागि ३५ रोपनी जग्गा उपलब्ध गराएका छन् । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा सुरु हुन थालेको कृषि प्राविधिक शिक्षा मुसिकोट नगरपालिकामा पहिलो भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता