जिल्ला खेलकुद विकास समिति गुल्मीको अध्यक्षमा गिरी प्रसाद महाकिम !



असार २१ गुल्मी ।

जिल्ला खेलकुद विकास समिति गुल्मीले नयाँ नेतृत्व पाएको छ ।
मंगलबार लुम्बिनी प्रदेश खेलकुद परिषद्ले गिरी प्रसाद महाकिमलाई अध्यक्षमा मनोनीत गरेको हो ।
करातेका अब्बल खेलाडी महाकिम विगत १६ वर्ष देखी खेलकुद कार्यालयमा करातेको मुख्य प्रशिक्षक को रुपमा आफ्नो भुमिका निर्वाह गरेका थिए । नयाँ संरचना अनुसार जिल्लाको दोस्रो अध्यक्ष बनेका महाकिम तेकान्दो ब्ल्याक बेल्ट ,३ डान हेल्थ एण्ड फिजिकल एजुकेसनमा स्नातक र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी जनाएका खेलाडी हुन ।
९ सदस्यीय रहेको नयाँ नेतृत्वको उपाध्यक्षमा नारायण जिसि,कोषाध्यक्षमा सुरेश श्रेष्ठ , सदस्यहरुमा सागर सोमै,अमर पल्ली,सीता श्रीस,कमला बलामी,कर्न थापा र सन्तोष शाक्य रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्रकर्माले जानकारी दिए ।
समग्र जिल्लाको खेलकुद र खेलाडीको विकासको लागी सबै सङ मिलेर उदाहरणीय र अनुकरणीय काम गर्ने अध्यक्ष महाकिमले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता