मालिका गाउँपालिकाका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुलाई प्रशिक्षण



चैत १, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आजदेखि सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुका लागि तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

गाउँपालिका भित्रका १० वटा माद्यामिक विद्यालय र ६ वटा निम्न माध्यमिक विद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुलाई तीन दिनसम्म प्रशिक्षण दिने गाउँपालिकाले जनाएको छ ।

प्रशिक्षणको आज पहिलो दिन पाठ्यक्रममा सामाजिक अध्ययन विषयका विषयगत क्षेत्रहरु, सामाजिक विषयक शिक्षक कस्तो हुनुपर्छ, शिक्षकको सक्षमता बारेमा प्रशिक्षण दिइएको प्रशिक्षक खिम बहादुर थापाले जानकारी दिए ।

साथै प्रशिक्षणले विद्यार्थीको प्राप्त अंक तथा शिक्षकको अध्यापन क्षमतामा वृद्धि हुने गाउँपालिकाले अपेक्षा राखेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता