नगरपालिका र हेफरको सहयोगमा किसानलाई उन्नत जातका बिउ बोका उपहार



सुनील न्यौपाने ,कात्तीक २ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका ४ मा जन बिकास केन्द्रको आयोजनामा मुसिकोट नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा १२ वटा उन्नत जातका बीउ बोका वितरण गरिएको छ।
पशु पालन क्षेत्रमा विकास गर्ने र महिलाहरूको आय आर्जन बढाउने उद्देशका साथ संचालनमा ल्याइएको कार्यक्रम मुसिकोट नगरपालिकामा वडा नं १,२,३,४ मा तीव्रताका साथ संचालन भैरहेको छ।

वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले  ” यो कार्यक्रमले आम नागरिकको आय आर्जनमा वृद्धि गर्ने बताउनु भयो ” । साथै मेयर सापकोटाले अहिले नगरपालिकाले किसानहरुलाइ विशेष प्राथमिकतामा राखेको र यो बर्ष कृषि तथा पशुपालन गर्ने कृषकलाई २० करोड रिण प्रवाह गर्ने गरि तयार रहेको दाबी गर्नु भयो ।” मोटरबाटो खनेर एक दुइ वटा भवन बनाएर मात्र बिकास भएको भन्ने हैन जनताको जब आय आर्जनमा वृद्धि हुन्छ तब मात्र बिकास भएको बुज्न मेयर सापकोटाले आग्रह समेत गर्नु भयो ” ।

उक्त कार्यक्रम उत्साहका साथ अगाडि बढिरहेको कार्यक्रम बाट हौसला प्राप्त भएको परियोजना संयोजक बाबुराम पन्थीले बताउनु भयको छ

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता