विप्लव निकट अखिल (क्रान्तिकारी) गुल्मी द्वारा महेन्द्र मावीलाई चार बुंदे माग पत्र



चैत -२६ गुल्मी ।

नेत्र विक्रम चंन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको भातृ सङठन अखिल (क्रान्तिकारी ) गुल्मीले सदरमुकाम तम्घासको महेन्द्र नमुना माद्यामिक विद्यालयलाई आफ्ना विभिन्न माग राख्दै चार बुदे माग पत्र बुझाएको छ ।

वुधवार सोहि विद्यालयका मुल ईकाई कमिटीका संयोजक राज खड्काको नेतृत्वमा मागपत्र बुझाइएको हो ।
माग पत्रमा भनिएको छ ” त्याग,बलिदान ,संघर्ष र बिजयको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित हाम्रो गौरवशाली सङठन अखिल क्रान्तिकारी सदैव विद्यार्थीको हकहितका लागी लडदै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ ” ।

जिल्लाकै उत्कृष्ट नमुना माबि कहलिएको यस महेन्द्र नमुना माविमा पनि विद्यार्थी माथी शोषण र लुट रहेको विद्यार्थीहरुको व्यापक गुनासो रहेको माग पत्रमा उल्लेख गरिएको छ ।

उक्त संगठनले लक डाउन अवधी को शुल्क तुरुन्त मिनाहा गरियोस् , शैक्षिक प्रमाणपत्र हरुमा लिइएको चर्को शुल्क तुरुन्त घटाइयोस, गयल शुल्क लिने ब्यबस्था तुरुन्त खारेज गरियोस् , छात्रवृत्तिलाई समान रुपले वितरण गरियोस् जस्ता चार बुंदे माग राखेको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता