अर्जैमा १७ जनाको कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि, सचेत रहन आग्रह



१० असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको-६ अर्जैमा कोरोना संक्रमण तिव्र रूपमा फैलिएको छ । बुधबार १७ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै बिहीबार १६ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिएका छन् ।

बुधबार कोरोना पुष्टि भएसँगै वडा नम्बर -६ अर्जैमा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ पुगेको छ । मालिका गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या ३९ रहेको छ ।

वडा नम्बर ७ घमिरमा ८ जना रहेका छन् भने अन्य ६ वटा वडामा संक्रमितको संख्या शुन्य छ ।

वडा नम्बर छ अर्जैमा कोरोना संक्रमण बढेसंगै गाउँपालिकाले सचेत रहन अर्जैवासीलाई आग्रह गरेको छ । अनावश्यक हिँडडुल नगर्न र नआत्तिन गाउँपालिकाले आग्रह गरेको अध्यक्ष रित बहादुर थापाले बताए ।

त्यस्तै वडा अध्यक्ष शोभाखर गिरिले पनि सचेत रहन आग्रह गरेका छन् । उनले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखा परेमा समयमै स्वास्थ्य जाँच गराउन पनि अनुरोध गरेका छन् ।

मालिका गाउँपालिकामा अहिले सम्म १ सय १२ जनाले कोरोना जिति सकेका छन् भने ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता