मालिकामा रित बहादुर थापालाई पुन: अध्यक्षमा दोहोराउने एमालेको निर्णय !



बैशाख -२ गुल्मी ।

नेकपा एमालेले मालिका गाउँपालिकाको अध्यक्ष पदमा रित बहादुर थापा पुनः अध्यक्ष पदमा दोहोराउने निर्णय गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष समेत रहेका थापालाई पुन: अध्यक्षमा उठाउने निर्णय सर्वसम्मतले पारित भएको नेकपा एमाले मालिका गाउँकमिटिका सचिब शोभाखर गिरीले बताए ।
सबै कार्यकर्ताको चाहाना थापा भएका कारण अन्य अध्यक्ष पदका प्रत्याशीहरुले पनि रित बहादुर थापालाई अध्यक्षमा स्वीकार गरेको सचिब गिरीले उल्लेख गरे।

त्यस्तै केहिदिनमै उपाध्यक्ष पदको पनि टुंगो लगाउने नेकपा एमालेले बताएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रित बहादुर थापाले चार हजार मत ४२ मत ल्याएका थिए भने काङ्ग्रेसका उमेदवार ज्ञान बहादुर कार्कीले तीन हजार चार सय ४७ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले दुई हजार ४० मत ल्याउन सफल भएका थिए ।
२०७४ सालमा सजिलै जीत हात पारे पनि यो पटक नेकपा एमालेलाई जित निकाल्न सहज छैन । एमाले विरुद्ध मालिका गाउँपालिकामा पाँच दलिय गठबन्धन बनेको छ ।
यद्यपि नेकपा एमाले आफुहरुले सहजै जित्ने दावी गरेको छ । पाँच वर्षको अबधिमा गरेका कामको आधारमा जनताले मत दिने एमालेको विश्वास रहेको छ । पाँच वर्षको अबधिमा मालिका गाउँपालिकामा रित बहादुर थापाको नेतृत्वमा धेरै उदाहरणीय र उल्लेखनीय कार्य गरेका कारण जनताले पुन: रित बहादुर थापालाई मत दिएर जिताउने एमालेको दावी रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता