मालिकाका कर्मचारीले अक्सिजन अभियानको लागी ३ लाख ४२ हजार रकम सहयोग गर्ने



गुल्मी,२ जेठ। 
जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमीक ‘अक्सिजनपलाण्ट अभियानमा’ सहयोग गर्ने भएका छन् । गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

गाउँपालिकाकाशिक्षकहरुको २ लाख ४७ हजार ९ सय ४०, स्वास्थ्यकर्मीहरुबाट ४६ हजा ९ सय ४५ र कर्मचारीबाट ४७ हजार ९ सय ५ प्रदान गरिने भण्डारीले बताए । उनले जिल्लामा अक्सिजनको आवश्यकता अहिले मात्रै नभएकाले महामारीमा आफै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीबाट सहयोग गरिएको बताए । मालिका गाउँपालिकाको निर्णयले अभियानको लागि अत्यन्तै खुसीको कुरा हो ।

यो निर्णयले अभियानमा लागेका अभियान्ताहरु अत्यन्तै खुसी भएका छन् । कोरोना संक्रमणको दर बढ्दैगइरहेका बेला अक्सिजनको कारण नागरिकको ज्यान जाने स्थितीलाई मध्येनजर गरेर नेपाल पत्रकार महासंघले ‘अक्सिजन पलाण्ट अभियान’ संचालन गरेको छ । महामारीका बेला पत्रकार महासंघ गुल्मीले संचालन गरेको अभियानमा ऐक्यबद्धता जनाउँदै अभियान साथ दिने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी सहितको सहयोगी कर्मचारी, क्षिकक र स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले धन्यवाद दिए । उनले अरु स्थानीय तहलाई पनि अभियानमा जोडिन आग्रह गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता