वामीमा नियमित हाट बजार सञ्चालन हुँदै !



माघ १७ गुल्मी । मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा नियमित हाट बजार सञ्चालन हुने भएको छ । केही समय अगाडी सञ्चालनमा आई बन्द भएको हाटबजार पुन सञ्चालन गर्न नगरपालिका र अन्य सरोकारवालाहरुले तैयारी थालेका छन् ।

शनिवार हाटबजार स्थलको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका वडा नं ७ वामी जीपपार्क नजिँकै हालै निर्माण सम्पन्न भएको उक्त हाट बजार भवनको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले उदघाटन गरेका छन् ।

मुसिकोट नगरपालिकाको २५ लाख र २ लाख ५२ हजार जनश्रमदान गरी कुल २७ लाख ५२ हजारमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले प्रत्येक शनिवार हाटबजार सञ्चालन गर्ने गरी तैयारी थाल्न र उक्त दिन वामी बजारमा सञ्चालित अन्य पसल व्यवसाय बन्द गर्न आग्रह गरे ।

साथै सापकोटाले हाट वजार सञ्चालनमा आएसगैं कृषकहरूले उत्पादन गरेका कृषि उपज विक्री वितरण गर्नकालागी उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले कृषिमा उत्पादन सगैं बजारीकरणको ठुलो महत्व रहने भएकाले कृषकहरुले उत्पादन गरेका कृषि उपज विक्री वितरण गर्न हाटबजार सञ्चालनमा आएसगैं थप सहजता हुने बताए ।

नियमित हाटबजार सञ्चालनका लागि शनिवार कृषि शाखा, उपभोक्ता समिति, कृषक र सरोकारवाला सम्मिलित सञ्चालक समिति गठन प्रक्रिया समेत अगाडी बढेको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा , परोपकार बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गोपिकृष्ण खरेल, गुल्मी मुसिकोट उधोग वाणिज्य संघका सचिव महेश्वर घिमिरे, अगुवा कृषक राजन सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

हाट वजार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक वहादुर रानाको अध्यक्षता, समितिका उपाध्यक्ष गोविन्द सापकोटाको स्वागत मन्तव्य र सचिव सुन्दर प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता