नेपाल टेलिकमको नयाँ टावरको विस्तारसँगै सेवामा सुधार



कौरव खत्री,बागलुङ १९ भदौ ।
नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्म डाँडामा नयाँ मोवाईल टावरमा निर्माण गरि विहिवारदेखि सेवा सुचारु गरेको छ ।
नयाँ टावर विस्तारसँगै भएपछि ग्रामिण क्षेत्रका नागरिकहरुलाई टुजी र थ्रिजी र भ्वाईस एवं डाटा सर्भिसमा सुधार आएको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले बताए ।

टेलिकमको टावरमा सुधार गरि सञ्चालन भएपछि गलकोट नगरपालिकाका अधिकांश वडाहरुका भू–भाग र गुल्मीको मुसिकोट नगरपालिकाको केही वडाहरु र मध्य पहाडी लोकमार्गमा नमस्ते मोवाईलका प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने वरिष्ठ ईन्जिनियर शर्माले बताए ।
टावर निर्माण सञ्चालनका लागि नेपाल टेलिकम पोखराका ईन्जिनियर शंकर थापाको प्राविधिक टोलीले कार्य सम्पादन गरिएको थियो ।
२०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो ।
टावरको उचाई कम र टावर वरिपरी हरिया अग्ला रुखहरुका कारण टावर देखि मुनीका बस्तीहरु तथा खोचमा भ्वाईस तथा डाटा सर्भिसको पहुचमा समस्या हुदै आएको थियो ।
यस क्षेत्रका अधिकांश ग्रामिण इलाकाहरुमा नेटवर्क सिग्नलसँगै भ्वाईस र उच्च गतिको मोवाईल ईन्टरनेट डाटामा समेत अव समस्या नहुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले नागरिकहरुका लागि लक्षित धौलागिरी गदै यसका क्षेत्रका अधिकांस नमस्ते मोवाईल सेवालाई समेत गुणस्तरीय र प्रभावकारी बनाउदै आएको छ ।
टेलिकमले बागलुङ सदरमुकाम सँगै जिल्लाका गलकोट लगायतका क्षेत्रहरुमा अब छिट्टै चौथो पुस्ताको मोवाईल फोर जी सेवा सञ्चालन गर्न तर्फ आवश्यक गृहकार्य गरिरहेको बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता