दोस्रो मुसिकोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



फागुन १५ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिकामा दोस्रो मुसिकोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सुरु भएको छ । नगरपालिकाको वडा नम्वर चार स्थित् ग्वादीका खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको हो । बिहिबार मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा एक कार्यक्रमकाबिच रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन ।
नगरपालिकालाई खेल क्षेत्रमा अबब्ल बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

तीन दिन सम्म चल्ने प्रतीयोगीतामा नगरपालिका भित्रका १२ वटा विद्यालयका एक सय पचास विद्यार्थी खेलाडीको सहभागीता रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छात्रछात्रा कब्डी, भोलीबल तथा र्एथ्लेटीक प्रतीयोगीताको आयोजना गरिएको छ ।
“यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरपालिकाले खेल र खेलाडीमा धेरै लगानी गरेको बताएका छन् ” ।
प््रात्येक वडामा एक ,एक वटा खेल मैदान विस्तार गरेको र यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी पनि पाँच लाख रकम विनियोजन गरेको नगर प्रमुख सापकोटाले उल्लेख गरे । साथै ग्वादीका चौर खेलमैदानको लागी पनि नगरपालीकाले डेढ करोड रकम सहयोग गरेको उनको भनाई रहेको छ ।

प्रतियोगितामा पहिलो हुनेले  रनिङ शिल्ड,मेडल प्रमाण पत्र सहित १५ हजार पाउने छ । भने दोस्रो हुनेले नगद दश हजार र तेस्रो हुनेले सात हजार पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष बिमल छन्तेले जानकारी दिए ।
बिहिवार उद्घाटन समारोहमा जनप्रतीनीधी , जिल्ला खेलकुद विकास कार्यलयका कार्यालय प्रमुख डिल्ली विश्वकर्मा , स्थानीय समाजसेवी तथा राजनीतीक दलका प्रतीनीधीको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता