धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !



कात्तिक -२ गुल्मी ।

धुर्कोट गाउँपालिकाले (भोलि) मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कोजाग्रत पुर्णिामाको अवसरमा ऐतिहासिक धुर्कोट दरबारमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिईएको गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर कार्कीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । “धुर्कोट गाउँपालिका स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय , शैक्षिक संस्था लगायत सार्वजनिक विदा दिने निर्णय गरिएको हुँदा यो सूचना प्रकाशन गरिएको छ “।

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।
यो वर्ष पनि उक्त सराय नाचलाई निरंतरता दिने बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता