गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी



माघ -१८ ।

गुल्मीमा आज थप तीन जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा बाट तीन जनामा कोरोेना संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका बस्ने २८ र ३६ वर्षका पुरुष साथै मदाने गाउँपालिकाका २७ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीलाई उद्रित गदै जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत युद्धव पन्थीले बताए ।
गुल्मीमा अहिले सम्म नौं सय ६३ जनामा कोरोन संक्रमण पुष्टी भएको छ । भने नौं सय ४५ जनाले कोरोना जितिसकेका छन् । साथै पाँच जना कोरोना संक्रमीतको उपचार भैरहेको छ । अहिले सम्म गुल्मीमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता