शोकमा डुबेको सत्यवतीलाई जापानबाट एक लाख सहयोग ।



अविरल वर्षा सङै गएको पहिरोका कारण ठूलो जनधनको क्षेती व्यहोरेको गुल्मीको सत्यवती गाउँपालिका यतिबेला आर्थिक सहयोग जुटिरहेको छ । त्यस्तै पछिल्लो समय सत्यवती गाउँपालिका वडा नम्बर दुई चेहेमी घर भैइ हाल जापानको टोकियो मा अध्ययन गर्दै आएका मोहन कुवरले देशका विभिन्न ठाउँ बाट टोकियो तथा जापानका विभिन्न शहरमा रहेका नेपाली दाजुभाई सङ सहकार्य गरि एक लाख आर्थिक रकम सङकन गरि जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनलाई प्रदान गरेको कुवरले बताएका छन ।

गुल्मी टेलिभिजनले तयार पारेको स्थलगत रिपोर्ट बाट प्रभावित भैइ आर्थिक सहयोग जुटाएर उसैलाई सम्बन्धि ठाउँ सम्म पुराउन अपिल गरेको उनको भनाई रहेको छ । आफ्नो गाउँ यति बेला सारै दुखमा रहेको र चारै तिर बाट सहयोग जुटिरहेको बेला महिले पनि गाउँको लागि केही गर्नु पर्छ भन्ने सोच का साथ केही आर्थिक रकम भए पनि सहयोग जुटाएर पठाएको कुवरले उल्लेख गरे । यसरी आर्थीक सहयोग गर्नहरुमा स्वंयम मोहन कुवर बाट पाँच हजार , नुवाकोट का उमेश ओलि , सिन्धुपाल्चोक इन्द्रवतिका राम शरन अधिकारि ,सिन्धुपाल्चोक बाह्रविसे का उत्तम दाहाल , गुल्मी विरवासका रोसन ज्ञवाली ,काठमाडौ  किर्तिपुरका प्रनिस बस्नेत, सत्यवती चेहेमीका रिना कुवर सत्यवतीका अनिल पाण्डेय , सत्यवतीकै दिपक पान्डेय , भक्तपुरकी कविता खड्का , स्याङ्ज्या लसर्घा तुल्सी राना, सत्यवतीका भुवन कुवर , स्याङ्ज्या फेधिखोलाकी सुस्मिता गुरुङ् ले नगद पाँच हजार आर्थीक सहयोग गरेको कुवंरले जानकारी दिएका छन् । त्यस्तै गुल्मी धुर्कोटका ,गिता जिसिले दुई हजार पाँच सय , स्याङ्ज्याका सुजन भुजेल पन्ध्र सय ,ओखलढुङ्गा का गोबिन्द दाहालले तीन हजार, झापाका दिनेश बुढाथोकि बाट तीन हजार , बागलुङकि  माया थापाले दुई हजार , कास्कि पोखराका अशोक श्रेस्ठ बाट दुई  हजार ,बङगलादेसका जलाल होसेन एक हजार, दोलखा का सुजन सुबेदिले दूई हजार , काठमान्डौ खगेन्द्र गुरुङ ले एक हजार र नवलपरासि प्रबिन अधिकरि बाट दुई हजार गरी कुल एक लाख रकम जुटेको  कुवरले बताएका छन् । उत्तम दाहाल र रामशरण अधीकारीले उल्लेखनीय सहयोग गरेको कुवरले उल्लेख गरेका छन् । साथै सहयोग गर्न सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

डि.बी खड्का

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता