धुर्कोटमा पुनः विजय भए यस्ता काम गर्ने छन भुपाल पोख्रेलले !



बैशाख -२१ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता भुपाल पोख्रेलले आफुले पुनः जित हासिल गरे पाँच वर्षको अबधिमा गर्ने काम बारे बताएका छन । सामुदायिक रेडियो स्काई बाट प्रशारण हुने निर्वाचन विशेष कार्यक्रममा बोल्दै उनले अबका ५ वर्षमा आफुले गर्ने कामको बारेमा बताएका हुन ।
पहिलो ५ वर्षय कार्यकालमा अधुरा रहेका सबै काम पुरा गर्ने र समृद्ध धुर्कोट गाउँपालिका बनाउन आफ्नो टिम लाग्ने पोख्रेलले उल्लेख गरे ।
पहिलो कार्यकालमा ३५ सय घरधुरीमा खानेपानी पुगेको र बाकी रहेका १५०० घरमा खानेपानी पुराउने आफ्नो प्रमुख काम रहेको बताए । त्यस्तै सडकको स्तर उन्नति र सिचाईका योजना सम्पन्न गर्ने पोख्रेलले उल्लेख गरे ।

अबको कार्यकालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने,आधारभुत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने,आर्थिक गतिविधिको लागी पर्यटन पुर्वाधारको विकास, प्रवर्द्धन तथा उचित प्रचार प्रसार गर्ने , कृषी तथा पशुपालनलाई व्यवासायिकरण गर्ने ,घरेलु तथा साना उद्योगलाई प्रवद्वर्न गर्ने , गाउँपालिकाको केन्द्रमा स्थापना हुन लागेको औद्योगिक ग्रामलाई रोजगारीको केन्द्रको रुपमा विकास गर्ने , अघिल्लो कार्यकालमा बनाईएको आवधिक योजनको लक्ष्य प्राप्तिको लागी कार्ययोजना बनाउने,नागरिक सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवा शिविर सञ्चालन गर्ने , अपाङ्ग परिचय पत्र,ज्येष्ठ नागरिक परिचय पत्र शिबिरको माध्यम बाट नागरिकको घरमै पुगेर वितरण गर्ने र किसानको राहतको लागी कृषि तथा पशु सम्बन्धि शिवर पनि समय समयमा नागरिकको टोल टोलमा आयोजना गर्ने उनले उल्लेख गरे ।

त्यस्तै वातावरण संरक्षणको लागी पोखरी निर्माण तथा वृक्षरोपण जस्ता कार्य पनि आफ्नो प्राथमिकतामा रहेको उनले सुनाए । सुशासन कायम राख्न र गुणस्तरीय सेवा प्रभावको लागी नागरिक तथा कर्मचारीलाई सचेत संगै प्रशिक्षण समेत दिने उनले बताए । नागरिक प्रति जबाफदेही सेवा प्रदान गर्न गाउँपालिकालाई अब्बल बनाउने पोख्रेलले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता