गुल्मीमा पछिल्लो २४ घण्टामा १४० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु !



केसब गौतम ,जेठ २४ गुल्मी ।

पछिल्लो २४ घण्टामा थप १ सय ४०  जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ३ सय ६१ जनामा गरिएको कुल परीक्षणमध्ये १ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गुल्मीमा सबैभन्दा धेरै जिल्लाको सत्यवती गाउँपालिकामा ९५ जना,इस्मा गाउँपालिका १५ जना,छत्रकोट गाउँपालिकामा १३ जना,मुसिकोट नगरपालिकामा ४ जना,रुरुक्षेत्र गाउँपालिकामा ९ जना,चन्द्रकोट गाउँपालिकामा २ जना,र धुर्कोट गाउँपालिकामा २ जना गरि १४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै अहिले सम्म गुल्मीमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ८२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या छ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा गुल्मीमा १ सय १७ जना कोरोना संङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना संङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ९२ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको ज्यान गएको छ। जिल्लाको मुसिकोट नगरपालिका ४ कि ८१ वर्षीया महिला र चन्द्रकोट गाउँपालिका २ की ६२ वर्षीया महिलाको ज्यान गएसँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता