गोकर्ण बिष्टले पारेको योजनाः ‘खोला नभएको ठाउँमा पुल, निस्तेखोला फर्काएर ईस्मावासीलाई पानी



प्रेम सुनार, गुल्मी २०७६ फागुन २ ।

२०५६ सालमा साविकको गुल्मी क्षेत्र नम्वर ३ मा सांसदको उमेदवार उठेका गोकर्णराज बिष्ट त्यति बेला तत्कालीन नेकपा एमाले निकट प्रथम राष्ट्रिय युवा संघ ९ प्ररायु संघ ० का नेता थिए । भर्खरका युवा भएकाले उनले गर्ने भाषणलाई विपक्ष दलका नेता कार्यकर्ताहरुले हावादारी भनेर ब्याङ्ग गर्थे ।
त्यति बेला बिष्टको सबै भन्दा बढि खिसी–ट्यूरी गर्ने भाषण थियो–‘ निस्तेखोला फर्काएर ईस्मावासीलाई पानी खुवाउँछु’ भन्ने ।’ विपक्षी राजनैतिक दल कांग्रेसका नेता कार्यकर्ताहरुले त्यति बेला भन्ने गर्दथे’ – लौ गोकर्ण बिष्टले तल बग्ने निस्ते खोलालाई माथी बग्ने– फर्काउने रे’ कस्तो हावादारी कुरा गरेर जनतालाई भ्रम छर्न सकेको रु ’– हो यसरी मेरो ब्यङ्ग गरिन्थ्यो यति बेला गृह जिल्ला गुल्मीका विभिन्न कार्यक्रममा सहभागि हुन आई पुगेका नेता गोकर्णराज बिष्टले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै भने–‘ हेर्नु त आखिर निस्ते खोला फर्काइर्एन र रु ईस्माली जनताले त्यही खोलाको पानी पिएरै छाडेनन् त ?

उनले आफु माथी फेरी विपक्षीहरुले गएको चुनावमा खिसी–ट्यूरी गर्ने गरेको अर्को आरोप चिर्दै भने–‘ गएको चुनावमा विपक्षीहरुले गोकर्ण बिष्टले खोला नै नभएको ठाउँमा समेत पुलको योजना परेको छ भनेर जनतामा भ्रम छरेको छ भन्दै फेसबुकबाजी गरे । उनीहरुले विकासको सपना नै देख्न सकेका छैनन त म के गरुँ रु हो पुल हाल्न खोला नै चाहिन्छ भन्ने होईन , हामीले गुल्मीमा दर्जनौ आकाशे पुलका योजानाहरु पारेका छौं , त्यो खोला तर्नका लागि नभई एक देखि अर्को डाँडा जोड्नका लागि हो ।
दर्जनौं आकाशे पुलका योजनाहरु मध्ये सबै भन्दा पहिला सदरमुकाम तम्घासको उदिनढुङ्गा देखि पारी वेदुखर्क तलको डाँडामा आवत–जावत गर्न सजिलो पार्नका लागि आकाशे पुल बन्ने प्रकृयामा छ ।’

उनले त्यहाँको आकाशे पुल सहित केहि स्थानमा डिपिआर समेत भई सकेको जानकारी दिए । मालिका गाउँपालिकामा पनि एक देखि अर्को डाँडामा आवत जावत गर्ने गरि आकाशे पुलको डिपिआर भई सकेको नेकपा मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले बताए । वल्लो डाँडा देखि तल र फेरी माथाी उकालो हिड्दा जनताले झण्डै डेढ घण्टाको पैदल यात्राको सास्ती खेप्दै आएका छन् नेता अर्यालले भने त्यो आकाशे पुल बने पछि केहि मिनेट मै वारी पारी गर्नेृ सुविधा प्राप्त हुने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता