धुर्कोटमा कृत्रिम फूलको माला किनबेच गर्न प्रतिबन्ध !



कात्तिक- १३ गुल्मी ।
प्रेम सुनार ।

गुल्मीको धुर्कोट गाउँपालिका तिहारमा लगाइने फूलको मालामा आत्मनिर्भर बनेको छ । जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि दोस्रो गाउँसभाबाट घर–घरमा फूल उत्पादन गरी कृतिम माला बहिष्कारको घोषणा गरिएको थियो ।

सोही अनुरुप अनिवार्य घर–घरमा फूल रोप्ने अभियान सुरु गरिएको हो । अहिले धुर्कोट फूलमा आत्मनिर्भर बनिसकेको छ । गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’

उनले थप भने, ‘कसैले व्यवसायिक फूल खेती गरेका छैनन् । आफ्नो घरलाई फुग्ने फूल फुलाएका छन् ।’ गाउँपालिकाको यस अभियानबाट वर्षेनी लाखौं रकम बच्ने आँकालन गरिएको छ ।
कृत्रिम फूलको मालाले संस्कृती संगै वातावरण बिग्राने ठहर गाउँपालिकाले गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता