तम्घास बजार बिहानमा ठूला सवारी साधन सञ्चालन गर्न नपाइने !



१९असोज, गुल्मी ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रभित्र ठूला सवारी साधनहरु टिप्पर,ट्रक र ट्याक्टर सञ्चालन गर्न नपाइने भएको छ । आजबाट तम्घास बजारक्षेत्र भित्र स्कुल बस सञ्चालन गर्ने समय बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जिल्ला सदरमुकाम तम्घासका सरोकार वालाहरुसँगको छलफल पछि नयाँ नियम बनाइएको हो ।

सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
बजार क्षेत्रमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिप्पर र ट्रक बाख्रे छेडाको सडक प्रयोग गनुपर्ने नियम बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।
बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने र सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने एकदिन एक छेउमा र अर्को दिन अर्को छेउ पार्किङ गर्ने गरि नियम बनाइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता