गुल्मीकी महिनावारी अभियन्ता खड्का द्वारा सिद्धवावा माविमा भेन्डिङ मेसिन प्रदान !



डि.बि खड्का गुल्मी ।

गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर आठ स्थित् सिद्धवावा माध्यमिक विद्यायलले स्यानटरी प्याड भेन्डिङ मेसिन प्रत्ता गरेको छ । विगत लामो समय देखी गुल्मीमा बसेर महिनावारी अभियन्ताको रूपमा सक्रिय भैई काम गरी रहेकी पत्रकार गङ्गा खड्काले बिहीबार आफ्नो जन्म दिनको अवसर पारी विद्यालयलाई स्यानटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेकी हुन् ।

दुर्गम क्षेत्रमा बसेर महिनावारी अभियान कार्यक्रम प्रभाकारी ढङगबाट अगाडी बढाएको भन्दै खड्कालाई केही समय अघि मात्र खाने पानी तथा सरसफाइ मन्त्रालयले हौसला स्वरूप उक्त मेसिन प्रदान गरेको थियो । साथै सिद्धवावा माध्यमिक विद्यालय स्यानटरी प्याड भेन्डिङ मेसिन जडान गर्न जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ ।


बिहीबार हस्तान्तरण कार्यक्रम रेसुङगा नगरपालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सीता भण्डारी,रेसुङगा नगरपालिका वडा नम्बर आठका वडा अध्यक्ष भरत भलामी तथा विद्यालका प्रधानाध्यापक डोर विक्रम श्रीसले मन्तव्य राख्दै खड्का प्रति आभार प्रकट गरेका थिए । प्रधानाध्यापक श्रीसले महिना वारी अभियन्ता खड्कालाई जन्म दिनको शुभकामना व्यक्त गदै स्यानटरी प्याड भेन्डिङ मेसिनको विद्यालयले अधिकतम प्रयोग गर्न बताए । त्यस्तै कार्यक्रम बोल्दै अभियन्ता खड्काले स्यानटरी प्याड भेन्डिङ मेसिन जडान गरे सँगै छात्राहरूलाई सहज हुने कुरा उल्लेख गरिन् ।

कार्यक्रम विद्यायल व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता तथा शिक्षक टिका खड्काको सञ्चलालन रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता