तम्घासमा देवीभागवत महायज्ञ आयोजना हुँदै !



डि.बी खड्का , असोज ८ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घासमा देवीभागवत महायज्ञ आयोजना हुने भएको छ । भवगवती मन्दिर व्यवस्थापन समिति खानी गाउँको आयोजनामा देवी भागवत महायज्ञको आयोजना गरिएको हो ।

निर्माणाधीन दिवा ज्येष्ठ नागरिक गृह

परम्परागत रूपमा चार / चार वर्षको अवधिमा महायज्ञ आयोजना गरिँदै आएता पनि विगत केही वर्ष देखि यता महायज्ञले निरन्तरता पाउन सकेको थिएन । परम्परागत रूपमा गरिँदै आएको संस्कृती लाई संरक्षण गर्न र निर्माणाधीन दिवा ज्येष्ठ नागरिक गृहलाई पूर्ण रूपमा सम्पन्न गर्न उद्देश्यले देवी भागवत महायज्ञको आयोजना गरिएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए।
महायज्ञ आउँदो असोज १२ गते देखि २० गते सम्म चल्ने आयोजकले बताएको छ । महायज्ञ बाट सङकल भएको रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता