प्रदेश स्तरीय भलिबल रेफ्रीमा छनौट मुसिकोटका २ रेफ्रीलाई नगरपालिकाको सम्मान !



गुल्मी माघ २९ । मुसिकोट नगरपालिकाले प्रदेश स्तरीय भलिबल रेफ्रीमा छनौट हुन सफल २ जना रेफ्रीलाई सम्मान गरेको छ ।

लामो समय देखि भलिबल खेलमा रेफ्रीको भुमीका निर्वाह गर्दै आउनुभएका मुसिकोट नगरपालिकाका २ जना रेफ्री प्रदेश स्तरीय रेफ्रीको रुपमा केही दिन अगाडी छनौट हुनुभएको थियो ।

नगरपालिकाले सम्मान स्वरुप नगरकार्यपालिकाकै बैठकमा रेफ्रीको रुपमा छनौट हुनुभएका मुसिकोट नगरपालिका वडा नं ८ का नविन छन्त्याल र वडा नं ४ का सोम दर्लामीलाई टिका र खादाले सम्मान गरेको हो । उनीहरुलाई नगद १०/१० हजार रुपैयाँ समेत सम्मान स्वरुप दिईने भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले प्रदेश स्तरीय रेफ्रीमा छनौट हुन सफल दुवै रेफ्रीलाई बधाई दिनुभयो । साथै उहाँले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको पनि बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल वडाध्यक्ष कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : समुन्द्र विक्रम रायमाझी

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता