मालिका -८ मर्भुङ्गका तीन वटा वस्तीनै एकीकृत समाजवादीमा प्रवेश !



बैशाख १ गुल्मी ।

मालिका गाउँपालिका ८ का तीन वटा वस्तीनै नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । एमाले बाट बिद्रोह गरी फल्लेनी,चेप्टेडाडा र चोरलोटा गरी तीन वटा वस्तीनै एकीकृत समाजवादीमा प्रवेश गरेको त्यस पाटीका वडा कमिटीका अध्यक्ष सागर गिरीले बताए ।
उनिहरुलाई एकीकृत समाजवादीका केन्द्रिय सदस्य गणेश खनाल तथा गुल्मी क्षेत्र नम्बर दुईका इन्चार्ज चन्द्र सुनार लगायतले पाटीमा स्वागत गरेका थिए ।
एमालेले दलित माथी भोटको राजनीति गरेको ,आफुहरुलाई भोट बैकका रुपामा मात्रै प्रयोग गरेका कारण आफुहरुले बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गरेको स्थानीय युवा कमल सुनारले बताए । पछिल्लो समय मालिका गाउँपालिका ८ मर्भुङ्गमा विशेषगरी एमाले बाट बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता