पछिल्लो २४ घण्टामा गुल्मीमा ५८ जनाले कोरोना जिते !



केशव गौतम ,जेठ -२० गुल्मी ।

पछिल्लो २४ घण्टामा गुल्मीमा ५८ जना कोरोना संङ्क्रमित निको भएका छन् । यो संगै गुल्मीमा कोरोना संङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार सात सय ५५ पुगेको जिल्ला जन स्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

अहिले गुल्मीमा छ सय १२ जना सक्रिय संङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । ५२ जनाको पीसीआर र ५ जनाको एन्टिजेन गरी ५७ जनामा संङ्क्रमण पुष्टि भएको हो ।

१ एक सय ६० जनामा गरिएको कुल परीक्षणमध्ये ५७ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै जिल्लाको रुरुक्षेत्र गाउपालिकामा २६ जना,रेसुङ्गा नगरपालिकामा ६ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा १ जना,कालिगण्डकी गाउँपालिकामा १ जना,सत्यवती गाउँपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा २० जना र इस्मा गाउँपालिकामा १ जना गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ । कोरोना सङ्क्रमणका कारण अहिले सम्म गुल्मीमा ८२ जनाको ज्यान गएको जन स्वास्थ्य कार्यालयले गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता