चन्द्रकोटमा अज्ञात समुहद्वारा बाख्रा फर्ममा आगजनी, ६२ बाख्रा जलेर नष्ट



२५ पुस, गुल्मी ।

गुल्मीमा अज्ञात समुहले बाख्रा फर्ममा आगजनी गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका तीनमा स्थानीय युवा सौभाग्य शाहले सञ्चालन गरेको एस थ्रि बाख्रा फर्ममा विहिबार राती अज्ञात समुहले आगजानी गरेको हो । आगजनीबाट फर्ममा रहेका ६२ वटा बाख्रा जलेर नष्ट भएका छन् ।

विहिबार राती करिब ८ः४५ बजेको समयमा अज्ञात समुहले फर्ममा आगजनी गरेको वडा अध्यक्ष तथा फर्म सञ्चालक सौभाग्य शाहका बाबु किरण शाहले बताए ।

रातको समयमा पेट्रोल छर्किएर चारैतिर बाट आगजनी गरेको बताइएको छ भने घटना स्थलमा पेट्रोलका बोतल समेत फेला परेको वडा अध्यक्ष शाहले उल्लेख गरे । घटना षडयन्त्रपुर्वक घटाईएको उनको दावी छ ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता